बुटवल,साउन ४-
रेष्टुरेन्ट एण्ड बार ब्यवसायी संघ रुपन्देही गठन भएको छ ।
१७ सदस्सिय पदाधिकारी समितीको अध्यक्षमा प्रसान्त कोइराला , बरीष्ठ उपाध्यक्षमा कृष्ण रिमाल , उपाध्यक्षमा सागर पौडेल ,सचिबमा प्रदिप जिसी , सहसचिबमा उमेश सापकोटा , कोषाध्यक्षमा कमल खनाल र सदस्यहरुमा अमृत कुमार थापा , निशा श्रेष्ठ , लक्ष्मी रिजाल , बिरेन प्रधान , यम ब थापा , बिक्रम गुरुङ , यमलाल पाण्डे , रामचन्द्र पौडेल , अमृत गुरुङ ,अजय रेग्मी रहेका छन् ।
संस्थालाई औपचारिक रुपमा दर्ता गर्नका लागि तदर्थ समितीका अध्यक्ष प्रसान्त कोइराला उपाध्यक्ष सागर पौडेल र सचिव प्रदिप जिसीलाई अख्तियारी दिने निर्णय समेत संस्थाले गरेको छ ।
त्यस्तै आर्थिक भारलाई संयोजन गर्नकालागी आर्थिक संकलन गर्न कोषाध्यक्ष कमल खनालको संयोजकत्वमा यमलाल पाण्डे र अमृत कुमार थापा सदस्य रहेको आर्थिक समिती गठन गर्ने निर्णय समेत गरेको सचिब प्रदिप जिसिले नागरिक अनलाइनलाइ बताए ।
प्रशान्त कोइरालाको अध्यक्षतामा बैठक बसेको थियो । कार्यक्रमका अध्यक्ष कोइरालाले मोफसलको राजधानी नामले चिनिएको रुपन्देही पछील्लो समय रेस्टुरेन्ट एबम बारको हबको रुपमा बिकास भैरहेको बताउनुभयो । रुपन्देहीका ३८ ब्यवसायीहरुको उक्त कार्यक्रममा संलग्नता रहेको थियो ।
तदर्थ समितीका सचिब प्रदिप जिसिले पछील्लो समय कोभिडले आंक्रान्त ब्यवसायीहरुकोलागी कोभिड खोप उपलब्ध गराउन नेपाल सरकार संग पहल गर्ने बारको प्रमुख कार्य रहेको बताए ।
जिल्ला भित्र सञ्चालित रेष्टुरेन्ट ब्यबसायीहरुको वृहत भेलाले सम्पूर्ण रेष्टुरेन्ट ब्यब्सायीहरुको हकहित र् एकताका लागि एकजुट हुने , ब्यबसायिक भाईचारा स्थापित गर्ने उदेश्यका साथ संस्थागत एकता कायम गर्ने हेतुले रुपन्देहीमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ब्यबसायिहरुको संलग्नतामा समिति बनाइएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)