Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई १०३ वटा ट्राफिक संकेतसहितका बाेर्ड प्रदान

लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई १०३ वटा ट्राफिक संकेतसहितका बाेर्ड प्रदान

  • 3.3K
    SHARES

  • लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई १०३ वटा ट्राफिक संकेतसहितका बाेर्ड प्रदान

    बुटवल,साउन ३-

    बुटवलको ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि विभिन्न संघ संस्थाहरुले १०३ वटा ट्राफिक संकेतसहितका वोर्ड प्रदान गरेका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमकाबिच ती ट्राफिक संकेतसहितका वोर्ड हस्तान्तरण गरिएकाे हाे ।

    अमरबुद्ध टोलविकास संस्थाले २१ वटा, विपी चोक टोल विकास संस्थाबाट १० वटा, अमर तिनाउ टोल विकास संस्थाबाट १५ वटा , राममन्दिर टोल विकास संस्थाबाट १५ वटा ,शाेनी सोरुम अमरपथबाट १५ वटा , सिद्धार्थ हार्डवयरबाट १६ वटा  र द फेन्सी स्पोर्टले १६ वटा पार्किङबोर्ड प्रदान गरेका हुन् ।

    साे कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापाले बुटवल उपमहानगरको ट्राफिक व्यवस्थापनका लागि थप कडाईका साथ लाग्ने कताए । उनले बढ्दो जनसंख्या र शहरीकरणलाई मध्यनजर गरी व्यवस्थापनलाई थप कडा गर्न लागेको जानकारी दिए ।lumbini pradesh traffice office.jpg

    थापाले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि सबैले आ–आफ्नो क्षत्रबाट सहयोगको अपेक्षा समेत राखेकाे बताए । उपमहानगरका विभिन्न १२ ठाउँमा राखिएका सिसिटिभी क्यामेराहरु बन्द रहँदा ट्राफिक व्यवस्थामा समस्या हुनुका साथै सुरक्षा प्रदानमा समेत असर परेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए । 

    बन्द भएका क्यामेराहरु पुनः सञ्चालनमा ल्याउनका लागि करिब ५ लाख लागत अनुमान गरिएको छ ।

    no parking traffic.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology