Logo बिहिवार, आश्विन १ गते २०८३
images

शिक्षक महासंघद्वारा ३४ बुँदे मागसहित लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा धर्ना

शिक्षक महासंघद्वारा ३४ बुँदे मागसहित लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा धर्ना

  • 2.9K
    SHARES

  • शिक्षक महासंघद्वारा ३४ बुँदे मागसहित लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा धर्ना

    बुटवल,साउन १ ।

    नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशले विभिन्न मागहरु राखी मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिएको छ । चरणबद्ध आन्दोलनरत महासंघले शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म धर्ना कार्यक्रम गरेको हो । 

    महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक कुलप्रसाद लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै संयोजक लामिछानेले शिक्षकहरुप्रति राज्यको विभेदपूर्ण नीतिका कारण आन्दोलनमा उत्रन बाध्य भएको बताउनुभयो ।

    महासंघले शैक्षिक क्षेत्रका लागि छुट्टै मर्यादाक्रम कायम हुनुपर्र्ने, निजामती सरह तलव भत्ता र ग्रेडिङको व्यवस्था हुनुपर्ने , शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने, विगतमा सरकार र महासंघबीच भएका सम्झौताहरु पालना गर्नुपर्ने माग गर्दै आएको छ ।

    यस्तै तत्काल संघीय शिक्षा ऐन लागू गर्न, स्थानीय तहबाट हुने  शिक्षक सरुवा रोक्न, शिक्षक कर्मचारी स्वास्थ्य कोषको व्यवस्था गर्न, शिक्षक अस्पतालको व्यवस्था गर्नुुपर्ने लगायतका ३४ बुँदे माग राखेको छ ।

    धर्ना कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष अमर बहादुर खड्का, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष  गुणाखर भट्टराई, शिक्षक संघका महासचिव सोमनाथ गिरी, लुम्बिनी प्रदेश अध्यक्ष अर्जुन कुमार योगी, अखिल नेपाल शिक्षक संगठन एकिकृतका लुम्बिनी अध्यक्ष यम प्रसाद अधिकारी, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य गंगाराम तिवारी, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य हिमलाल बेल्बासे, नेपाल राहत शिक्षक केन्द्रिय समितिका सचिव रोमनाथ न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक परिषदका भिम पाण्डे, कपिलबस्तु महासंघकी अध्यक्ष दिना सुवेदी लगायतले शिक्षकहरुका माग र शिक्षकहरुले भोग्नुपरेका समस्याहरुका बारेमा चर्चा गर्नुभएको थियो । 

    कार्यक्रम शिक्षक महासंघ लुम्बिनीका अर्थ उपमहासचिव लाल बहादुर भण्डारीको स्वागत तथा महासचिव गणेश प्रसाद रिजालको सञ्चालनमा भएको थियो । धर्ना कार्यक्रममा महासंघमा आवद्ध शिक्षक संस्थाहरुका पदाधिकारी, सदस्यहरु तथा शिक्षकहरुको सहभागिता थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology