Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवामा कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या १२५

भैरहवामा कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या १२५

  • 3.3K
    SHARES

  • भैरहवामा कोरोना संक्रमण  पुष्टि हुनेकाे संख्या १२५

    भैरहवा भदाै १३-

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा हालसम्म १२५ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) को पुष्टि भएको छ । सिद्धार्थनगर नगरपालिकाका अनुसार वडा नम्बर १ मा १२, २ मा ८, ३ मा ८, ४ मा १२, ५ मा १, ६ मा १६, ७ मा ३, ८ मा ३७, ९ मा ८, १० मा २, १२ मा ९ र १३ मा ५ र वडा नखुलेको ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो तथ्यांक शनिबार सांझ ५ बजेसम्मको हो ।सिद्धार्थनगरमा कोरोना संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या ४४ पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

    त्यस्तै हाल आइसोलेसनमा ८१ जना आइसोलेसनमा छन् ।कोरोना संक्रमित भइ होम आइसोलेसनमा ५०, होटल आइसोलेशनमा  १४, अस्पताल आइसोलेशनमा १५ र नगरपालिकाको आइसोलेशनमा रहेको २ जना रहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए । आइसोलेसनमा हुनेमा ३९ जना महिला र ४२ जना पुरुष रहेको ज्ञवालीले जानकारी दिए ।

    सिद्धार्थनगर नगरपालिकामा १३ जना बालबालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५ जना बालिका र ८ जना बालक रहेको नगरपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार सिद्धार्थनगर नगरपालिकामा ७ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।

    बुटवलमा कोरोना संक्रमितको संख्या २११ पुग्यो, कुन वडामा कति संक्रमित ? [तालिका सहित]

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology