Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

देशभरका ३८९७ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा दिइयो

देशभरका ३८९७ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा दिइयो

  • 1.8K
    SHARES

  • देशभरका ३८९७ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा दिइयो

    बुटवल,असार २३-

    कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहकालाई आज दोस्रो मात्रा दिइएको छ। देशभरका तीन हजार ८९७ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउन सक्ने भनिएपनि खाेप लगाइदिनेहरुको मनाेमानीले धेरै नागरिकले दु:ख ब्यहाेर्नुपरेको छ ।

    गुल्मीमा पहिलाे खाेप लगाएका बुटवल ११ का एक जेष्ठ नागरिकले अहिले दाेस्राे खाेप लगाउन पायक पर्ने केन्द्रमा पुग्दा खाेप नपाएको गुनासाे गरे ।

    गएको जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर लगाइएको थियो। सो खोपको पहिलोमात्रा लगाउनेको संख्या तीन लाख ७० हजारको हाराहारीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    अहिलेको चरणमा यसअघि भेरोसेलको पहिलो मात्रा लगाएका र दोस्रो मात्रा लगाउन नपाएका वा छुटेकाहरुलाई पनि दिइने छ।नेपालमा हालसम्म कुल २५ लाख ७४ हजार ७१५ जनाले कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा र त्यसमध्ये सात लाख ५७ हजार ३८० जनाले दोस्रो मात्रा पनि लगाएका छन्।

    खोप आपूर्तिका लागि चीनको बेइजिङ्गस्थित सिनोफार्मसँग भएको खरिद सम्झौता अन्तर्गत असार २४ गतेदेखि खोपको आपूर्ति हुने र त्यसपछि साप्ताहिक रुपमा खोप आपूर्ति हुने तथा लगाउँदै जाने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    रूपन्देहीमा १४० जना पत्रकारहरुले भेरोसेल खोपका दुबै मात्रा लगाए :

    यस्तै रूपन्देहीमा क्रियाशील १४० जना पत्रकारहरुले आज मणिग्राम खोप केन्द्रमा भेरोसेल खोपको दाेस्राे मात्रा लगाएका छन् । खाेप लगाउनका लागि पत्रकार महासंघ रुपन्देहीले समन्वयकारी भूमिका खेलेको अध्यक्ष रामराज पाेखरेलले नागरिक अनलाइनलाई बताए ।

    भेरोसेल खोपको पहिलाे मात्रा लगाएका २ सय पत्रकारहरुमध्ये बाँकी ६० जनाले यहि २५ र २५ गते देवदह मेडिकल कलेजमा दाेस्राे डाेज खाेप लगाउनेछन् । यसअघि कोभिशिल्ड लगाउन छुटेकापत्रकारहरुले भेरोसेल खोप लगाएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology