Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रभु साह सहभागि रौतहट मौलापुरको नगरसभामा झडप,प्रहरीद्वारा पाँच राउण्ड अश्रु ग्यास प्रहार

प्रभु साह सहभागि रौतहट मौलापुरको नगरसभामा झडप,प्रहरीद्वारा पाँच राउण्ड अश्रु ग्यास प्रहार

  • 3.7K
    SHARES

  • प्रभु साह सहभागि रौतहट मौलापुरको नगरसभामा झडप,प्रहरीद्वारा पाँच राउण्ड अश्रु ग्यास प्रहार

    बुटवल,असार १०-

    रौतहटको मौलापुर नगरपालिकामा बिहीबार दुई पक्षबीच झडप भएको छ। नगरपालिकाको जारी नगर सभाको क्रममा दुई पक्षबीच झडप भएको हो। नगरसभा जारी रहँदा बाहिर दुई पक्षबीच झडप भएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

    मौलापुर नगरपालिकाको नगर सभाका प्रमुख अतिथि एमालेका नेता प्रभु साह रहेका छन्। साहकी श्रीमती रिनादेवी साह नगरपालिकाकी मेयर हुन्। झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्यास प्रहार गरेको श्रेष्ठले बताए। नगरपालिका कार्यालयमा जारी नगरसभाको क्रममा विपक्षी दलका कार्यकर्ताहरुले मौलापुर चौकमा विरोध प्रदर्शन गरेका थिए।

    सोहीक्रममा मेयर पक्षका कार्यकर्ता र विपक्षी दलका कार्यकर्ताहरु बीच झडप भएको हो। झडपलाई नियन्त्रणमा लिनको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको तथा अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता श्रेष्ठको भनाइ छ।

    maulapur_nagarpalika.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology