Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मेलम्चीमा बाढी : हाेटलको छतमा फसेका २ जनालाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गर्‍यो

मेलम्चीमा बाढी : हाेटलको छतमा फसेका २ जनालाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गर्‍यो

  • 2.6K
    SHARES

  • मेलम्चीमा बाढी : हाेटलको छतमा फसेका २ जनालाई  सेनाले हेलिकप्टरमार्फत् उद्धार गर्‍यो

    बुटवल,असार २-

    मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ। बुधबार बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको हो।

    उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो। बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएका थिए। 

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीमा फसेकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको बताए।यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीले ७ जनाको मृत्यु भएको छ। बाढीले मेलम्ची बजारका घर तथा पुलहरूमा पनि क्षति पुर्‍याएको छ।

    मेलम्ची नदीमा भीषण बाढी: सिन्धुपाल्चोकमा सातजनाको मृत्यु,कैयौँ मानिस विस्थापित

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology