बुटवल,जेठ २८-
दाङको तुलसीपुर टिकरीमा गोली चलेको छ । फाईरिङ गरेको आरोपमा प्रहरीले पेस्तोल सहित दुई जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आकास चौधरी रहेको प्रहरीले बताएको छ ।
उनीहरुलाई शुक्रवार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।
जग्गा विवाद हुदा उनीहरुले गोली चलाएको शर्माको भनाई छ । तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केहि खुलाएको छैन । घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)