Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

लुम्बिनी प्रादेशिक अस्पतालमा ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

  • 2.5K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

    बुटवल, जेठ १८ ।

    लुम्बिनी विद्युत उद्योग प्रालिले अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।  लुम्बिनी प्रादेशिक अस्पतालमा आज एक संक्षिप्त समारोहबीच ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

    उक्त अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, सामाजिक अभियन्ता मुक्ती पौडेल, मेसु डा राजेन्द्र खनाललाई लुम्बिनी विद्युत उद्योग प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रोहित गुप्तासहितको टोलीले हस्तान्तरण गरिएको हो ।

    महामारीका विरुद्धमा उद्योगका तर्फबाट भएको मानवीय सेवाप्रति उपमहानगरपालिका तथा अस्पतालले धन्यवाद ज्ञापन गरेका छन् । उपमहानगर प्रमुख शिवराज सुवेदीले सबैको सहकार्य र समन्वयमा नै महामारी विरुद्धको लडाइँ जित्न सकिने भन्दै सबै क्षेत्रबाट सकारात्मक सोंच सहितको सहकार्यको खाँचो रहेको बताउनुभयो ।

    अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डा.राजेन्द्र खनालले अस्पतालसंग गरिएको सहकार्यले स्वास्थ्यकर्मीमा समेत हौसला बढ्ने र उपचाररत बिरामीमा मनोबल बढाउन पनि काम गर्ने भन्दै धन्यवाद दिनुभएको थियो । 

    साे अवसरमा उद्योगका प्रबन्ध निर्देशक रोहित गुप्ता, महाप्रबन्धक मनोज घिमिरे र एचआर म्यानेजर भूवन गिरीले महामारी विरुद्धको लडाइँमा उद्योगका तर्फबाट आफुहरुले पनि अस्पतालको काममा समन्वय गर्ने अवसर प्राप्त भएको भन्दै सहकार्य जारी राखिने प्रतिवद्धता जनाउनुभएको थियो । 

    कोरोना भाइरस कोभिड–१९ को महामारीका विरुद्ध जारी लडाइँमा विभिन्न क्षेत्रबाट सहकार्य भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology