Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेलको कार दाङमा दुर्घटना,सबै सकुशल

पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेलको कार दाङमा दुर्घटना,सबै सकुशल

  • 2.7K
    SHARES

  • पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेलको कार दाङमा दुर्घटना,सबै सकुशल

    बुटवल,जेठ १२-

    नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष सवार कार दाङमा दुर्घटनामा परेको छ ।

    महासंघका अध्यक्ष विपुल पोख्रेलको प्रदेश ३-०१-०२२ नम्बरको निजी कार र रा १ च ९५५ को स्कोरपियो जुधेका हुन् । ती दुबै सवारी एउटै दिशातिर जाँदै थिए ।तुल्सीपुरको उद्योग वाणिज्य संघ नजिकै दुर्घटना भएको हाे।

    कारमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम समेत सवार थिए । ठक्करबाट कार क्षतिग्रस्त भएपनि कुनै मानवीय क्षति भने भएको छैन । कारमा सवार सबैको अवस्था सामान्य छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology