बुटवल,जेठ १०-
नेपालमा निशेधाज्ञा शुरु भएको आज २६ दिन पुगिसकेको छ । यसबिचमा दैनिक सरदर डेढसय मानिसको कोरोना संक्रमणबाट मृत्यु भैरहेको छ ।
यतिबेलासम्म देशभर ५ लाख १३ हजार २४१ जना संक्रमित मध्ये भने अहिलेसम्म ६ हजार ३४६ जना संक्रमितले ज्यान समेत गुमाए । ३ लाख ९१ हजार ३४८ जना निको भएको तथ्यांक छ ।
कोरोनाको दोस्रो लहरले युवा पुस्ता पनि बढि प्रभावित बनेको देखिन्छ । कोराना संक्रमणपछि मृत्युदर ह्वात्तै बढ्दा कोरोना जित्नेहरुको कथा ओझेलमा पर्ने गरेको छ ।
अस्पतालहरुमा अक्सिजन,भेन्टिलेटर,बेड,औषधि उपचार नपाउने समस्या त बिद्यमान छदैछ तर आफ्नै घरमा बसेर कोरोनासंग युद्ध जित्नेहरु पनि धेरै छन् । ‘हामी ३ जना सहित हाम्रै परिवार भित्रका १२ जनालाइ संक्रमण भयो,कोरोनासंग लडेर अहिले युद्ध जित्याैँ ।’-बुटवल ११ कालिकानगर पानी टंकी छेउमा बस्दै आएकी बसन्ता घिमिरेले नागरिक अनलाइनसंग भनिन् ।
‘हाम्री सानी नानी र हामी बुढाबुढी एक्कासी संक्रमण भएछ,अस्पताल जानपनि मरिने डर घरमै आइसोलेसनमा बसेर १६ दिनमा हामी निको भयौै ।’
उनले बैसाख दोस्रो हप्तायताका केहि दिन जीवनका अन्तिम दिननै रहेछन् की भन्ने मनमा उब्जिएको समेत बताइन् ।
बसन्ता काम विशेषले श्रीमान् सहित वैशाख १३ गते प्लेन चढेर काठमाडौं गएको र दाई भाउजुको डेरामा बानेश्वर बसेको सुनाइन् ।
उनले त्यसपछिको कहानी यसरी सुनाइन् -नुहाइधुहाई सकेर खाना खाइयो ,दाजु दिपक र म कलंकीमा रहेकी बहिनीलाई भेट्न गएपनि मनको डरले बहिनीकी सानी छोरीलाई समेत छुन डरलाग्यो । काम सकेपछि वैशाख १४ गते बुटवल फर्कने मनस्थिति भयो, र पाल्पा कुशम खोला कृष्ण थापाको सानो गाडिमा बुटवल हिडियो सो गाडिमा १५—१७पटक बमिट समेत भयो ।
सडकभर धेरैं मान्छेहरु लकडाउन हुने संकेतले आ आफ्नो घरतिर फर्कने तयारीमा थिए बाटो पुरै जाम थियो गाडि चडेको १२ घण्टामा माईती घर बुटवल योगिकुटीमा पुगेम ।
सानी छोरी बहिनी र बुवा लाई भेटियो,स्वास्थ्य अवस्था अलिकति बिग्रेको जस्तो लागेको थियो घांटी दुखेको र रातभरको बमिटले गर्दा भन्ने भो,बहिनी को छोरी समृद्धीलाई हल्का खोकी लागेको थियो केही सोचिएन अर्को दिन बहिनि आफ्नो घर फर्किइन। म , छोरी, श्रीमान पनि आफ्नो डेरमा आयौं ।
कोरोनासंग डराएका मेरा आमा र भाउजु शनिबारको दिन काठमाडौंबाट बुटवल आउने प्लेन टिकट लइसक्नु भएको थियो।तर शुक्रबार आमा भाउजु ले जोरो आको महसुस गर्नुभयो । होइन यसरी त घर जान हुदैन १ पटक कोरोना टेस्ट गराएर जाऊ भनी टेस्ट गराउदा शनिबार आमा भाउजु दुवैको रिपोर्ट पोजेटिभ आयो । अब संगै बस्ने दाजु अनि दाजुको सानो १९ महिनाको छोरीको पनि रिपोर्ट पोजिटिभ देखियो । सगै एउटै बेडमा आमा संग सुतेर आएकी म त्यसपछि आईतबार खोकि लागेकी समृद्धि छोरीको रिपोर्ट पोजिटिभ, उसको बाबा मम्मीको रिपोर्ट पोजिटिभ ,हामी श्रीमान श्रीमती दुवै जनालाई खोकी लाग्ने ,जोरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिन थाले मन् आत्तिन थाल्यो ।
उनीहरु दुवै जना २० वैशाख मा लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर टेष्ट गए,यदी पोजेटिभ आयोे भने छोरी सिस्टतालाई को संग राख्ने ?उनीहरुको मनमा प्रश्न उब्जियाे ।
मनमा कतै हामीहरुले नै छोरीलाई कोरोना त सारेनौँ अनेक कुरा खेल्न उनीहरुको मन भारी हुन्थ्याे - ‘छोरीलाई एउटा मोबाइल दिएर उनलाई छुट्टा कोठामा राख्न थालियो । हाम्रो स्वास्थ्य अवस्था अलिकति बिग्रिदै थियो, भोलि पल्ट छोरीले समातेको मोबाइलमा हाम्रो पनि रिपोर्ट पोजिटिभ नै आयो । ’
मदन ज्ञवाली र बसन्ता घिमिरे छुट्टै बस्न थालिसकेका थिए । ‘त्यो एसएमएस मा पहिलो नजर छोरीकै गयो,उनी मनिल भइन् र रुन थालिन् अब मैले के गर्ने बाबा मम्मी दुवैलाई कोरोना आखाबाट अँशु झारिन् संगै मेरापनि अँखा रसाए तर मनलाई बलियो बनाएं ।’-घिमिरेले सुनाइन् ।
छोरीलाई हामीले सम्झायौं ,बाबा मम्मीलाई केही हुदैन नानुको विस्तार छुट्टै बनाउने,दुरी कायम गर्ने,सबैले मास्क लगाउने नियम बनायौ ।
हामीले पकाएको खानु पर्ने र ट्वाइलेट पनि एउटै तर पनि भगवान हुनुहुन्छ भन्ने मनमा अठोट लिएँ । हामीलाई कोरोनाले चाँप्दै थियो ज्वरो बढिरहेको थियो, टाउको हल्लाउन समेत नमिल्ने गरी दुखेको थियो शरीर कमजोर भइसकेको थियो दिनमा ३ पटक सिटामोल खाए पनि टाउको दुख्न पटक्कै छोडेन ।
खाना पकाउन, पानी तताएर खानपनी हामीलाई बहुत मुस्किल भयो । भुइमा ग्याँस राखेर ८—१० दिन यसैगरि काम चलायौं ।
परिवारको त चिन्ता छदै थियो त्यसबिचमा कलंकी बस्ने सानो ज्वाई,ठूली आमा , बुटवलमा एक्लै बस्नुभएका ७० वर्षका बसन्ताका बुवा सबैको रिपोर्ट पनि पोजिटिभ आयो । झन् उनीहरु आत्तिए । उनीहरुलाइ लाग्यो,‘भगवान भए साँच्चै बांचिएला ,नानुलाइ केहि नहोस् ।’
उनले सुनाइन-कोरोनाको ५ दिन बित्दैगर्दा पनि खानामा कुनै स्वाद थिएन,६ दिन त मोबाइल फोनसम्म चलाउन सकिएन ,अहिले हाम्रो परिवारको १२ जना कोरोना लागेका सबैको अवस्था सामान्य छ ।’
बुटवलमा जमेर बसेका ब्यबसायी समेत रहेका ३६ बर्षिय मदन भन्छन्-‘पहिले अरुलाइ हुंदा मजाक जस्तो लाग्थ्यो,आफुलाइ भएपछि जीवनको महत्व बल्ल बुझेँ ।’
उनले कोरोनासंग हेलचेक्राइ नगर्न र मजाकको बिषय नबनाउन सुझाव दिन्छन् ।
कोराेनालाई पराजित गर्न उनीहरुसंग घरमै बसेर गुर्जाे, दालचिनी, टिमुर, बेसार, ज्वानाे, मरिच, पिप्ला, भिटामिन सि, भिटामिन डी जिंक, जेठी मधु, सुप, दालको रस, दिनमा ४ पटक बाफ लिने, एकजनाले दिनमा ६ लिटर पानी खाएको अनुभव छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)