Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा २४ घण्टामा ३७० जना कोरोना संक्रमित थपिए,५ जनाको मृत्यु

रुपन्देहीमा २४ घण्टामा ३७० जना कोरोना संक्रमित थपिए,५ जनाको मृत्यु

  • 3.0K
    SHARES

  • रुपन्देहीमा २४ घण्टामा ३७० जना कोरोना संक्रमित थपिए,५ जनाको मृत्यु

    बुटवल,जेठ ७-

    रुपन्देहीमा पछिल्लोे २४ घण्टाको ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८६ पुगेको छ ।

    यो सँगै  कोरोना संक्रमित हुनेको संख्या २४ हजार ६८१ पुगेको छ । जसमध्ये १८ हजार ७३५ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ४९७ जना संक्रमित निको भएका छन् ।

    हाल जिल्लामा ५ हजार ५६० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।  अवधिमा ९४९ जनाको कोरोना परीक्षण गरिएको हाे । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै ११२ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरि तिलोत्तमामा ७९ जना, सिद्धार्थनगर नगरपालिकामा ३९ जना, देवदह नगरपालिकामा १९ जना, सैनामैना नगरपालिकामा ६२ जना, कञ्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १२-१२ जना, सियारी गाउ्रँपालिकामा ११ जना, रोहिणी गाउँपालिकामा ६ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका र कोटहीमाई गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन् ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology