Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थपिए ८६०७ संक्रमित,थप १७७ जनाको मृत्यु, ७८९० जना निको

नेपालमा थपिए ८६०७ संक्रमित,थप १७७ जनाको मृत्यु, ७८९० जना निको

  • 2.6K
    SHARES

  • नेपालमा थपिए ८६०७ संक्रमित,थप १७७ जनाको मृत्यु, ७८९० जना निको

    बुटवल,जेठ ७-

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

    जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

    रुपन्देहीमा पछिल्लोे २४ घण्टाको ३७० जनामा कोरोना संक्रमण पुष्टि :

    kp-sher-bidya.jpeg

    रुपन्देहीमा पछिल्लोे २४ घण्टाको ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८६ पुगेको छ । यो सँगै  कोरोना संक्रमित हुनेको संख्या २४ हजार ६८१ पुगेको छ । जसमध्ये १८ हजार ७३५ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ४९७ जना संक्रमित निको भएका छन् ।

    हाल जिल्लामा ५ हजार ५६० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।  अवधिमा ९४९ जनाको कोरोना परीक्षण गरिएको हाे । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै ११२ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरि तिलोत्तमामा ७९ जना, सिद्धार्थनगर नगरपालिकामा ३९ जना, देवदह नगरपालिकामा १९ जना, सैनामैना नगरपालिकामा ६२ जना, कञ्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १२-१२ जना, सियारी गाउ्रँपालिकामा ११ जना, रोहिणी गाउँपालिकामा ६ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका र कोटहीमाई गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology