Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोभिड–१९ : रेम्डेसिभिर औषधि आवश्यक परे यी नम्बरमा फोन गर्नूस्

कोभिड–१९ : रेम्डेसिभिर औषधि आवश्यक परे यी नम्बरमा फोन गर्नूस्

  • 3.7K
    SHARES

  • कोभिड–१९ : रेम्डेसिभिर औषधि आवश्यक परे यी नम्बरमा फोन गर्नूस्

    बुटवल, बैशाख ३१-

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

    मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने उल्लेख छ । हेल्थकेयरबाट प्रति रेम्डेसिभिर रु चार हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology