बुटवल,बैसाख २३-
पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)