Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

आज १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

  • 3.1K
    SHARES

  • आज  १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    बुटवल,बैसाख १८-

    आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्वरभरिका श्रमिकको ऐक्यबद्धता एवम् श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस  मनाइन्छ ।

    यस पटक १३२ औं मजदुर दिवस घर घरमै बसेर मनाइने भएको छ । राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विगतका वर्षहरुमा विभिन्न कार्यक्रम गर्ने गरेका थिए ।

    तर यस वर्ष भने मजदुर दिवश पनि औपचारिक रुपमा कुनै कार्यक्रम नहुने भएका छन् । मजदुरहरुले पनि घरमै बसेर दिवश मनाउने अवस्था भएको मजदुर सघ संगठनको नेताहरुले बताएका छन् ।

    ८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो। नेपालमा सन् १९६३ देखि अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।  

    यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

    महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध मिलाउन राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकर्षण गर्नुभएको  छ । 

    श्रमशक्तिको सम्मान र विकासवाट समृद्ध नेपाल निर्माण सम्भव :मुख्यमन्त्री पोखरेल

    यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमशक्तिको सम्मान र विकासवाट समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न अपील गर्नुभएको  छ । 

    उहाले सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई १)को उपलक्षमा हार्दिक शुभकामना दिनुभएको  हाे। 

    palpa prasan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology