Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१५ औं लोकतन्त्र दिवसमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीद्वारा दीप प्रज्वलन

१५ औं लोकतन्त्र दिवसमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीद्वारा दीप प्रज्वलन

  • 3.3K
    SHARES

  • १५ औं लोकतन्त्र दिवसमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीद्वारा दीप प्रज्वलन

    बुटवल,बैशाख ११-

    १५ औं लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले बुटवलको मिलनचोकमा दीप प्रज्वलन गरेको छ ।

    मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको पक्षमा सधै क्रियाशील शान्ति समाजले स्वास्थ्य सुरक्षा मापदण्ड सहित मिलनचोकमा दीप प्रज्वलन गरेको हो ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता बिष्णु पोखरेलले नेपालमा लोकतन्त्र स्थापनामा मानव अधिकार तथा शान्ति समाजको अग्रणी भूमिका रहेको स्मरण गरे। उनले नेपालमा लोकतन्त्र स्थापना भएपनि अहिले सत्तामा रहेको नेकपा एमालेका कारण लोकतन्त्र धरापमा परिरहेको आरोप लगाए ।

    पोखरेलले जनताले ल्याएको लोकतन्त्र कुनै तानाशाहले खोस्न चाहेर कदापी नखोसिने बताए । रिपोर्टर्स क्लव लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीले लोकतन्त्रको संरक्षणका लागि सबै नागरिक सचेत हुनुपर्ने बताए ।deep.jpg

    मानव अधिकार तथा शान्ति समाज रूपन्देही सभापति डि.पि. खनालले लोकतन्त्र र मानव अधिकार एक अर्काका परिपूूरक भएको बताए । मानव अधिकार तथा शान्ति समाज रूपन्देहीका सचिव कपिल ज्ञवालीले लोकतन्त्र स्थापनाको १५ बर्षमा आइपुग्दा पनि परिवर्तनको खास अनुभूति जनताले अझैपनि गर्न नसकिरहेको बताए ।

    राजनैतिकसंगै आएका परिर्वतित ब्यबस्थाको संरक्षण गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।शान्ति समाज रूपन्देही सभापति डि.पि. खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिव कपिल ज्ञवालीले गरेका थिए ।santi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology