Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना संक्रमण : पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती नर्भिक अस्पताल भर्ना

कोरोना संक्रमण : पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती नर्भिक अस्पताल भर्ना

  • 3.3K
    SHARES

  • कोरोना संक्रमण :  पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती नर्भिक अस्पताल भर्ना

    बुटवल,बैशाख ११-

    पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । 

    पूर्वराजाका संवाद सचिव फणि पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको जानकारी दिए । यस्तै पूर्वअधिराजकुमारी प्रेरणाा पनि अस्पताल भर्ना भएकी छिन् ।  अस्पतालका अनुसार  तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ । 

    वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology