बुटवल,बैसाख ९-
काठमाडौं वल्ड स्कुलले संचालन गरेको शिक्षाको विकासका लागि नेपाल टुर अभियानले बुटवलमा शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ ।
बिहीवार बुटवलमा कार्यक्रम आयोजना गर्दै स्कुलका प्रतिनिधिले पछिल्लो समयको शिक्षा परिस्कृत हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष ई. मिथलेस कुमार झाले अहिलेका बालबालिकाको प्रतिस्पर्धा नेपालका बालबालिकासंग मात्र नभई विश्वभरका बिद्यार्थी सङ्ग हुने भएकोले त्यही अनुसार तयार गर्दै जानुपर्ने धारणा राखे ।
झाले आईटी क्षेत्रमा धेरै भविष्य भएकोले त्यो तर्फ अभिभावकहरूले पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले २०५० सम्ममा शिक्षाको नया ट्रेन्ड आउने बताउदै समय परिवेश अनुसार आफुलाई तयार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम काठमाडौ वल्ड स्कुलका प्रीन्सिपल केशर बहादुर खुलालले आफ्ना सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने बताउदै बालबालिकाको शिक्षामा लगानी गरे मात्रै सन्तान सफल हुने दाबी गरे । सन्तानको भविश्यकालागि अभिभावकहरूले सहि समयमा सहि निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
बुटवलको कार्यक्रम भब्य रुपमा सफल भएको ड्रीम हाईज नेपालका प्रमुख कमल जिसिले बताए ।कार्यक्रमको सञ्चालन आविष्कार पराजुलीले गरेका थिए । सो स्कुल नेपालमा सबैभन्दा बिशिष्टकृत स्कुलका रुपमा बिगत ३ बर्षदेखि ख्याति प्राप्त रहेको छ ।
विद्यार्थीको राम्रो भविश्यका लागि काठमाडौ वल्ड स्कुलले सफल भएकाले अविभावकलाई छोराछोरी पठाउन उनले आग्रह गरे ।अन्तरक्रियात्मक कार्यक्रममा रुपन्देहीका शैक्षिक क्षेत्रका सरोकारवाला,पत्रकार तथा अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो । सो स्कुल काठमाण्डौको शूर्यविनायक ७ मा रहेको छ ।
आधुनिक शिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ ।
सो स्कुलमा एक बिद्यार्थीको मासिक शुल्क ४५ हजारदेखि माथि रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)