Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौं वल्ड स्कुलको नेपाल टुर अभियान बैसाख ९ मा बुटवलमा

काठमाडौं वल्ड स्कुलको नेपाल टुर अभियान बैसाख ९ मा बुटवलमा

  • 4.6K
    SHARES

  • काठमाडौं वल्ड स्कुलको नेपाल टुर अभियान बैसाख ९ मा बुटवलमा

    बुटवल,बैसाख ७- 

    काठमाडौं वल्ड स्कुलले शिक्षाको विकासका लागि नेपाल टुर अभियान संचालन गरेको छ । अभियान देशभरका बिभिन्न जिल्लामा पुगेर ‘राम्रो भविस्यका लागि शिक्षा’नारालाइ सार्थक बनाउन सराेकारवालासंग छलफलमा जुटेको हाे  ।

    देशका पूर्वीक्षेत्रहरुको टुर सकेर बैसाख ९ गते साे टाेली बुटवल आउने  भएको हाे । बुटवलको क्लव डेनाेभाेमा कार्यक्रम हुने इभेन्ट म्यानेजर कमल जिसीले नागरिक अनलाइनलाइ बताए । 

    शिक्षा क्षेत्रमा देखा परेका समस्या र समाधानका उपायका बारेमा छलफल हुने स्कुलका प्रिन्सीपल केसर खुलालले नागरिक अनलाइनलाइ जानकारी दिए । 

    साे कार्यक्रममा चियर पर्सन मिथिलेस कुमार झा,प्रिन्सीपल केसर खुलाल लगायतले सहजीकरण गर्नेछन् ।

    विद्यार्थीको राम्रो भविश्यका लागि काठमाडौ वल्ड स्कुलले सफल भएकाले अविभावकलाई छोराछोरी पठाउन उनले आग्रह गरे ।साे स्कुल काठमाण्डौको शूर्यविनायकमामा रहेको  छ ।

    आधुनीक शिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology