Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोराेना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोराेना भाइरस संक्रमण पुष्टि

  • 3.4K
    SHARES

  • नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोराेना भाइरस संक्रमण पुष्टि

    बुटवल, बैशाख ५ -

    नेपालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

     ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।


    हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । यही अवधिमा २६२ जना डिस्चार्ज भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology