Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु

वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु

  • 3.1K
    SHARES

  • वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु

    बुटवल  भदौ १३ -

    वीरगञ्जमा  कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति दुई जना र शनिबार बिहान १ जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। 

    मृतक  एक महिला र दुई पुरुष गरी तीनै जना वीरगन्ज महानगरपालिकाका स्थानीयवासीन्दा हुन्। वीरगन्ज महानगरपालिका-२२ मनियारीका ३७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको हो। 

    एम्बुलेन्समा राखेर काठमाडौं लैजाने क्रममा चितवनको मुग्लिनमा पुग्दा शनिबार बिहान ४ बजे उनको मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए। त्यही उनको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएपछि शुक्रबार उनलाई वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।  
     
    यस्तै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमै उपचारका क्रममा शुक्रबार राति ४३ वर्षीय एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-१२ घर भएका ती पुरुषको उपचारका क्रममा शुक्रबार राति १२ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता चौरसीयाले जानकारी दिए। 

    मेडिकल कलेजमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो। कोभिड अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार राति १२ बजे मृत्यु भएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology