बुटवल,बैसाख १-
स्वर्गद्वारी दर्शनमा हिडेका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप प्युठानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटना हुँदा घटनास्थलमै मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांङ्गजा कालीगण्डकीका श्याम न्यौपाने, कम्युटर अप्रेटर रेसुंगा नगरपालिका ७ का सूर्य पन्थी, खरिदार धुर्कोट ७ का ईश्वरी भण्डारी, जिप चालक मुसिकोट ३ का केशव कार्की तथा मालिका ७ का यामलाल पन्थी छन् ।
गम्भिर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौ पठाउने तयारी भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले नागरिक अनलाइनलाइ जानकारी दिए ।
दुर्घटनामा १२ जना घाइते भएको प्रत्यक्षदर्शी देवका डुम्रेले नागरिक अनलाइनलाइ जानकारी दिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)