बुटवल, चैत ३१ ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सच्चिन अझै मौका रहेको बताएका छन ।
उनले पार्टी जोगाउन आफूहरु तयार रहेको बताउदै सर्वोच्च अदालतले फागुन २३ गतेको निर्णयका आधारमा २०७५ जेठ २ मा फर्किए पार्टी जोगिने बताए ।
नेकपा एमाले रुपन्देही विस्तारित बैठक तथा समानान्तर समिति घोषणलाई मंगलबार बुटवलमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले अहिले पनि आफूहरु एमाले पार्टीको एकता र कम्यूनिष्ट आन्दोलन बचाउनुपर्ने पक्षमा रहेको बताए । ‘प्रधानमन्त्री र अध्यक्ष दुवै स्विकार गर्न तयार छौं, तर पार्टीलाई विधि विधान अनुसार चलाउनुपर्छ’ उपाध्यक्ष ज्ञवालीले भने ।
उनले अदालतको फैसला अनुसार जेठ २ गतेको अवस्थामा फर्किए आफूहरुले पार्टी पुर्नगठनलाई भुल्न तयार रहेको बताए ।
उनले प्रधानमन्त्री ओलीका कारण मूलूकको भविष्य र कम्यूनिष्ट आन्दोलनलाई ठूलो क्षती पुगेको बताए । पार्टीभित्र हुने कुनै पनि सिस्टम ओलीले नमानेको उनको आरोप छ ।
नेपाल समूहद्वारा रुपन्देहीमा समानान्तर कमिटी : अध्यक्षमा राजु गुरुङ,सचिवमा उपमेयर चौधरी
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)