Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल समूहद्वारा रुपन्देहीमा समानान्तर कमिटी : अध्यक्षमा राजु गुरुङ,सचिवमा उपमेयर चौधरी

नेपाल समूहद्वारा रुपन्देहीमा समानान्तर कमिटी : अध्यक्षमा राजु गुरुङ,सचिवमा उपमेयर चौधरी

  • 4.7K
    SHARES

  • नेपाल समूहद्वारा रुपन्देहीमा समानान्तर कमिटी : अध्यक्षमा राजु गुरुङ,सचिवमा उपमेयर चौधरी

    बुटवल चैत ३१-

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर कमिटी विस्तार गरेको छ। मंगलबार नेपाल पक्षले राजु गुरुङको अध्यक्षतामा २०५ सदस्यीय समानान्तर कमिटी निर्माण गरिएको छ।

    नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणाा गरेको हो।

    नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ।

    जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरूङको भनाइ छ। क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजकसमेत तोकिएको जिल्ला सदस्य खेम लुइटेलले जानकारी दिए। 

    देशैभर एमालेमा विवाद चुलिँदै गएपछि नेपाल पक्षले समानान्तर कमिटी घोषणालाई तीव्रता दिएको छ। यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology