Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोराेना संक्रमणबाट नेपालमा एकै दिन १३ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३३०६

कोराेना संक्रमणबाट नेपालमा एकै दिन १३ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३३०६

  • 6.4K
    SHARES

  • कोराेना संक्रमणबाट नेपालमा एकै दिन १३ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३३०६

    बुटवल,चैत ३०-

    नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो । 

    यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ ।

    यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३३०६ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology