Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जिपी कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे

जिपी कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे

  • 5.6K
    SHARES

  • जिपी  कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे

    बुटवल,चैत्र ८-

    गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्टको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित भएका छन् ।

    फाउण्डेसन संचालक समितीको चैत्र ३ गतेको निर्णय बमोजिम फाउण्डेसनले लुम्बिनी प्रदेश संयोजकमा नेपाली काँग्रेस बुटवल नगर सभापति समेत रहेका पाण्डेलाइ मनाेनित गरेको हाे । 

    २ बर्षको कार्यकालका लागि उनी मनाेनित भएका हुन् ।

    ‘यस फाउण्डेसनको विधानमा उल्लेखित लक्ष्य तथा उदेश्यहरु प्राप्ती गर्ने सम्बन्धमा तपाई र तपाईको संयोजकत्वमा रहने प्रदेश समितीका सदस्यहरु, इमान्दार तथा कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु । तपाई र तपाईको समितीको सफल कार्यकालको हार्दिक शुभकामना समेत व्यक्त गर्दछु ।’

    गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाद्वारा हस्ताक्षरित मनाेनयन पत्रमा उल्लेख गरिएको छ ।gp koirala foundation.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology