बुटवल,चैत्र ७-
नेपाल पत्रकार महासघको आसन्न निर्वाचनको तयारीका लागि नेपाल प्रेस युनियन रुपन्देहीले जिल्ला भेला तथा छलफल कार्यक्रम गरेको छ ।
शनिबार बुटवल,योगीकुटीमा गरीएको भेलामा आशन्न निर्वाचनकालागि युनीयनले अपनाउने रणनीति र नेतृत्वका सम्बन्धमा छलफल भएको हो ।
भेलाले पत्रकार सम्बद्ध संघसंगठनहरु संग सहकार्य र समन्वय गरी पत्रकार महासंघ रुपन्देहीलाइ सबै पत्रकारहरुको साझा संस्थाकै रुपमा अगाडी बढाउन युनियतले नेतृत्वदायि भुमिका खेल्ने निर्णय गरेको छ ।
पत्रकार महासंघलाइ साझा रुपमा अगाडी बढाउन सम्पूर्ण पत्रकारहरुको एकता र सहकार्य आवश्यक भएको भन्दै भेलाले पत्रकार सम्बद्ध संघसंगठनहरुलाइ सहकार्यकालागि आब्हान पनि गरेको छ । भेलाले निर्वाचन तयारीकालागि प्रेस युनियन रुपन्देहीका सल्लाहकार हरि लम्सालको नेतृत्वमा निर्वाचन तयारी उच्च स्तरीय समिति पनि गठन गरेको छ ।
कार्यक्रममा बरिष्ठ पत्रकार हरि लम्साल, सल्लाहकार खिमानन्द भट्टराई, सल्लाहकार भवानी पाण्डे, सल्लाहकार बिक्रम खड्का, हरिष ढकाल,रामराज पोख्रेल,यमलाल भुसाल, बरिष्ठ पत्रकार दामोदर खनाल,महेन्द्र पाण्डे,सभापति रेखा भुसाल,पत्रकारहरू बिश्वास ढकाल,खेमराज रेग्मी,रामबिकास चाैधरी,सीपी खनाल,कपिल ज्ञवाली,रमेश अर्याल,दीपक घिमिरे,सुदीप भण्डारी,आचार्य प्रदीप,बिजय पाेखेरेल,नविन घिमिरे,तिलक सुबेदी लगायतले बाेल्दै युनियलनई अझै बलियो बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा यसअघि प्रेस चौतारी रुपन्देहीको जिल्ला कार्य समिति सदस्य भइसकेकी पत्रकार निहारिका थापा बिन्दुलाई प्रेस युनियनमा स्वागत गरिएको छ ।
प्रेस युनियन प्रवेशगरे संगै भेलामा बोल्दै उनले यसअघि संगठनात्मक बस्तुस्थिती नबुझी अन्य संगठनमा लागेको उल्लेख गर्दै नेपाल प्रेस युनियनको गरिमा महत्व बुझेरै आफु युनियनमा प्रवेश गरेको बताइन । युनियनलाइ बलियो बनाउन आफुले शसक्त ढंगबाट भुमिका खेल्ने प्रतिवद्धता जनाइन । कार्यक्रम युनियनका सचिव श्याम शंकर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)