Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी मेडिकलको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

लुम्बिनी मेडिकलको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

  • 5.8K
    SHARES

  • लुम्बिनी मेडिकलको  आइसोलेसनमा उपचाररत  कोरोना संक्रमित महिलाको मृत्यु

     

    बुटवल,भदौ १३  ।

    पाल्पामा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उनको मृत्यु भएको हाे । तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज भर्ना भएकी उनको स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

    कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology