Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.7K
    SHARES

  • नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,फागुन १८ -

    नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय २७ जनाको पीसीआर परीक्षण भएकोमा थप ७८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ३३ जना महिला र ७८ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३  जना पुगेको छ ।

    नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.६ प्रतिशत रहेको छ । यससँगै नेपालमा अहिलेसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७७  पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology