Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा सवारी दुर्घटनामा परि अधिबक्ता बाबुराम पन्थीको मृत्यु

बुटवलमा सवारी दुर्घटनामा परि अधिबक्ता बाबुराम पन्थीको मृत्यु

  • 4.4K
    SHARES

  • बुटवलमा सवारी दुर्घटनामा परि अधिबक्ता बाबुराम पन्थीको मृत्यु

    बुटवल,फागुन १२- 

    बुटवलमा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। 

    गएराती बुटवल वडा नं १२ जीतगढीमा पूर्वबाट पश्चिमतर्फ गईरहेको लु १ च ९०५० नंको पिकअप जीपले विपरीत दिशाबाट बुटवलतर्फ आईरहेको लु ४६ प ८१७६ नंको मोटरसाईकल ठक्कर दिदा मोटरसाईकल चालक गुल्मी रुरु गाउँपालिका ६ बम्घाका ५६ वर्षीय बाबुराम पन्थीको मृत्यु भएको हाे ।

    उनको उपचारको क्रममा  लुम्बिनी प्रदेशिक अस्पतामा ज्यान गएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनको गुल्मीको रुरु कालिगण्डकी नदीमा अन्तिम संस्कार गरिने उच्च अदालत बुटवल बारका अध्यक्ष जाेगबहादुर खत्री बिक्रमले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    कार्यक्षेत्र बुटवल रहेका पन्थीको हाल बसाेबास रुपन्देहीको सैनामैनामा थियाे । पन्थीको घरमा एक  श्रीमती छाेरा अमेरिका र २ छाेरी रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology