बुटवल,फागुन १२-
गुल्मीमा ८७ वर्षिय ससुराको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन्। रुरु क्षेत्र गाउँपालिका ३ थानपतिकी ४२ बर्षीया मनकला ज्ञवालीले ८७ बर्षीया नन्दलाल ज्ञवालीको हत्या गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत हत्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक गरेको छ। ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तोमा ठोक्काएर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।
आरोपितले फागुन ८ गते राति ससुराको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए। घटनामा संलग्नलाई आइतबार पक्राउ गरी अदालतबाट म्याद गरिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)