Logo बिहिवार, आश्विन १ गते २०८३
images

भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार संघ

भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार संघ

  • 3.8K
    SHARES

  • भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार संघ

    बुटवल,फागुन ९-

    पत्रकार जीवन भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ कार्य समिति गठन गरिएको छ । काठमाडौँमा भएको सङ्घको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । 

    नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सञ्जिव रेग्मी, उपाध्यक्षमा कुशलभ केसी, महासचिवमा पवन फुँयाल र सचिवमा सरोज गिरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक भुपराज बस्यालले जानकारी दिनुभयो ।

    सङ्घले नयाँ सदस्यता खुला गर्दै नयाँ सदस्यता पाएमध्येबाट केहीलाई कार्य समितिमा मनोनयन गर्ने व्यवस्था गरिएको नवनिर्वाचित सदस्य गोपीकृष्ण लिम्बुले जानकारी दिनुभयो ।

    युट्युव, फेसबुकलगायत सामाजिक सञ्जाल तथा अनलाइनमार्फत टेलिभिजन पत्रकारिताको अभ्यास गर्न थालेका सञ्चारकर्मीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले गत साउनमा सङ्घको स्थापना भएको हो ।

    गत वर्षको माघ २४ गते भएको अनलाइन टीभी पत्रकारको भेलाअनुसार गठन भएको सङ्घले अनलाइन टीभी स्वनियमन निर्देशिका पनि जारी गरेको छ ।

    सङ्घका सबै सदस्यले निर्देशिका अनिवार्य पालना गर्नुपर्ने र उनीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार इन्टरनेटको सहयोगमा प्रसारण गरिने युट्युबलगायत माध्यमबाट टेलिभिजन च्यानल सञ्चालन गर्दा नियमानुसार स्वामित्व तथा जवाफदेहिता, सम्पादकीय नीति, स्वार्थ संलग्नता घोषणा, सामाजिक समावेशीकरण र जनशक्तिबारे स्पष्ट रहनुपर्ने निर्देशिकामा लेखिएको छ । 

    सत्यतथ्यमा आधारित रहेर प्रसारण सामग्री तयार पार्ने, सामग्री प्रसारण गर्नु अगावै सत्यपन सुनिश्चित गरेर मात्र प्रसारण गर्ने, शब्द चयन, भाषा गत शुद्धता, सामाजिक सद्भावलगायत विषयमा विषेश ध्यान दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

    सरकारको ‘राष्ट्रिय आम सञ्चार नीति २०७३ को बुँदा नं. १,७ र २,६ ले पत्रकारितालाई स्वनियमन प्रणालीमा प्रोत्साहित गर्ने लक्ष्य लिए बमोजिम स्वनियमन निर्देशिका जारी गरिएको सङ्घले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology