Logo मंगलवार, श्रावण १२ गते २०८३
images

किशोरी भागरथी भट्टको हत्या उनकै सहपाठीबाट,आज सार्वजनिक गरिंदै

किशोरी भागरथी भट्टको हत्या उनकै सहपाठीबाट,आज सार्वजनिक गरिंदै

  • 3.5K
    SHARES

  • किशोरी भागरथी भट्टको हत्या उनकै सहपाठीबाट,आज सार्वजनिक गरिंदै

    बुटवल,फागुन ५ -

    बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा उनकै सहपाठीको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ ।

    भागरथीसँगै स्थानीय सनातम धर्म माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत युवकले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

    आज पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ । उनले प्रहरीसमक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको वयान दिएका छन् ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी माघ २१ गते बेलुकासम्म विद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । त्यसको भोलिपल्ट साँझ मात्र उनको शव लवलेकको जंगलमा भेटिएको थियो ।

    क्षतविक्षत अवस्थामा भेटिएको शव पोष्टमोर्टमपछि बलात्कार र हत्या गरिएको पुष्टि भएको थियो । यो प्रकरणले राष्ट्रिय रुप लिएसँगै प्रहरीको ठूलो टोलीले अनुसन्धान गरिरहेको थियो ।

    सुदूरपश्चिमकै अर्की किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष भएको छ तर हत्यारा  पत्ता लागेको छैन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology