Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउमा सरस्वती पूजा तथा पुरस्कार वितरण

तिनाउमा सरस्वती पूजा तथा पुरस्कार वितरण

  • 5.4K
    SHARES

  • तिनाउमा सरस्वती पूजा तथा पुरस्कार वितरण

    बुटवल,फागुन ५ -

    बुटवल ११ देविनगरमा अवस्थित तिनाउ ई. बो. स्कुलमा सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    विद्यालयकी प्राचार्य सिता पाण्डेको अध्यक्षता तथा विद्यालयका संस्थापक अध्यक्ष यज्ञमुर्ति पाण्डेको प्रमुख आतित्थ्य र विद्यालयका संचालक समिति सदस्य इन्जिनियर आविस्कार पाण्डे र विद्यालयका संयोजक बाबुराम सुवेदिको विशिष्ट आतित्थ्यतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका सहप्रार्चाय ईश्वरी पाण्डे र शिक्षिका सानु पौडेलले गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६ सालमा कक्षा नर्सरी देखी कक्षा १० सम्म प्रथम, द्धितीय र तृतीय हुन सफल सम्पूर्ण विद्यार्थी तथा सत प्रतिसत हाजिरी र अनुसासन तथा निटनेसमा पर्न सफल विद्यार्थीहरुलाई पुरष्कार वितरण गरीएको थियो ।

    कार्यक्रममा बोल्दै विद्यालयकी प्राचार्य सिता पाण्डेज्यूले विद्यालयले स्थापनाको छोटो समयमै क्रमश नगर जिल्ला तथा नेपाल प्रथम हुन सफल भएको र आगामी दिनहरुमा पनि यस तिनाउ ई. बो. स्कुलको नतिजा उत्कृस्ट हुने दावी गर्नुभयो ।

    अध्यक्ष पाण्डेले सम्पूर्ण विद्यार्थी तथा अभिभावकको रोजाई बनेको तिनाउ ई. बो. स्कुल यस क्षेत्रकै उत्कृस्ट विद्यालय भएको र सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुको सपना साकार पार्न विद्यालय प्रसाशन अग्रसर रहने बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology