Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलमा जी–२५ भेट्रान्स कप फुटबल हुँदै, बिजेतालाइ एक लाख पाँच हजार पाँच सय ५५

बुटवलमा जी–२५ भेट्रान्स कप फुटबल हुँदै, बिजेतालाइ एक लाख पाँच हजार पाँच सय ५५

  • 243
    SHARES

  • बुटवलमा जी–२५ भेट्रान्स कप फुटबल हुँदै, बिजेतालाइ एक लाख पाँच हजार पाँच सय ५५

    बुटवल,असोज २२।

    बुटवल उपमहानगरपालिका–११ मा रहेको जी–२५ क्लबको आयोजनामा प्रथम जी–२५ सेभेन ए साइड भेटरान्स कप फुटबल प्रतियोगिता हुने भएको छ।

    असोज २६ गतेदेखि ३० गतेसम्म बुटवल–११ देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष सजनकुमार भारीले जानकारी दिए। बुटवल उपमहानगरपालिकाभित्रका सबै वडालाई सहभागिताका लागि आग्रह गरिए पनि प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने भएका छन्।att.f7B0pdWuMJ6FCd0622WCLp_QX0cQhR2Nj1Aammw_Y9Y.jpeg

    प्रतियोगिताको विजेताले एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट खेलाडीलाई ७ हजार पाँच सय ५५, सर्वाधिक गोलकर्तालाई ६ हजार पाँच सय ५५ र उत्कृष्ट गोलरक्षकलाई ६ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

    भेटरान्स खेलाडीबीच हुने प्रतियोगिता ४० मिनेटको हुनेछ। प्रतियोगितामा ४० वर्ष उमेर पूरा गरेका खेलाडी अनिवार्य रूपमा चार जना र ४५ वर्ष उमेर पूरा गरेका तीन जना खेलाडी सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ।

    प्रतियोगिताको तयारी तीव्र पारिएको खेल संयोजक रमेशकुमार जोशीले बताए। उनले प्रतियोगिताको प्रचारप्रसारलाई समेत तीव्र बनाइएको जानकारी दिए। प्रतियोगिता सञ्चालनका लागि करिब ८ लाख ८४ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाइ छ।

    गत वर्षको प्रतियोगिताको विजेता बुटवल–११ बनेको थियो। यस वर्ष पनि भेटरान्स खेलाडीबीच प्रतिस्पर्धात्मक र आकर्षक खेल हुने आयोजकको अपेक्षा छ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मन्जु भुसालले क्लवले सामाजिक काममा सक्रिय रहेको भन्दै राष्ट्रियस्तरको प्रतियोगिता गर्न सुझाव दिईन् ।उनले खेल अनुशासन र स्वास्थ्यका लागि अति आवश्यक रहेको उल्लेख गरिन् ।

    पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रथम पुरस्कारका प्रायोजक विष्णुबहादुर हमालले आफू विदेशमा रहँदा विभिन्न प्रतियोगिता आयोजना गरेको अनुभव रहेको बताउँदै स्थानीयस्तरमा युवाहरूले आयोजना गरेका खेलकुद गतिविधिलाई प्रोत्साहन र सहयोग गर्दै आएको बताए। उनले खेलकुदको माध्यमबाट स्थानीय युवालाई अघि बढाउन सकिने भन्दै यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

    कार्यक्रम क्लबका उपाध्यक्ष तेजेन्द्र खनालले सञ्चालन गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आश्विन २२ २०८३०६:२८:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology