बुटवल ,असोज ५ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रूपन्देहीको देवदह नगरपालिका वडा न ७ मा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत कपिल ज्ञवालीले दिएको जानकारी अनुसार वडा कार्यसमितिको सभापतिमा किसनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि सभापति चयन भएका हुन् ।
त्यस्तै उपसभापतिमा तुल्सी भण्डारी र खड्गबहादुर कुँवर, सचिवमा परशुराम पौडेल तथा सह–सचिवमा निता खरेल निर्विरोध निर्वाचित भएका छन्।
सदस्यतर्फ शान्ति सापकोटा , गंगा भण्डारी , माया परियार, चिरञ्जिबी भुसाल, आशा चौधरी थारू, होमनाथ भण्डारी ,मोहन पौडेल र नन्दप्रसाद दगामी निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी क्षेत्रीय प्रतिनिधिमा गंगा काफ्ले, गोमा डुम्रे, उषा सुवेदी, डिल्लीराज मरासिनी, नरेन्द्रप्रसाद शर्मा, हरि भण्डारी,इन्दिरा पाण्डे ,सन्तोषनारायण श्रेष्ठ ,इश्वरीप्रसाद ढुंगाना ,डा.सुमित्रा पराजुली ,अभिषेक पौडेल,कमला अर्याल, बेलबहादुर कुमाल, भरतबहादुर गुरुङ, मिना श्रेष्ठ, रामकृष्ण पौडेल, हरि मरासिनी ,जिवकला बस्याल ,आकाश बिक, धनबहादुर नेपाली ,प्रकाश काफ्ले ,प्रेम शर्मा ,कुलप्रसाद अधिकारी र किसन बहादुर थापा निर्विरोध चयन भएका छन्।

निर्वाचन अधिकृत ज्ञवालीका अनुसार वडा अधिवेशनबाट चयन भएका सबै पदाधिकारी तथा प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका हुन्। उहाँले निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई सपथ ग्रहण समेत गराउंदै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
वडा न ७ मा कांग्रेसका २०५ जना क्रियाशील सदस्य छन् ।यसमध्येबाट वडामा १३ जना र क्षेत्रीय प्रतिनिधिमा २४ जना आइतबार सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित भएका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)