Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस सभापति शेरबहादुर देउवा रुपन्देहीमा, भैरहवाको बिरोधसभालाई सम्बोधन गर्ने 

कांग्रेस सभापति शेरबहादुर देउवा रुपन्देहीमा, भैरहवाको बिरोधसभालाई सम्बोधन गर्ने 

  • 4.6K
    SHARES

  • कांग्रेस सभापति शेरबहादुर देउवा रुपन्देहीमा, भैरहवाको बिरोधसभालाई सम्बोधन गर्ने 

    बुटवल,फागुन ३ -

    नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गर्दैछ । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा कांग्रेसका बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 

     जिल्ला सभापति अब्दुल रज्जाकले वक्ताको रुपमा केन्द्रिय सभापति देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण र संघिय संसदका लेखा समिति संयोजक भरत कुमार शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । बिरोध कार्यक्रममा स्वतःस्फूर्त रुपमा लाखौ जनशक्ति कार्यक्रममा आउने बताए ।

    कम्युनिष्टहरुले पैसाको भरमा भिड जम्मा गरे पनि कांग्रेसले त्यस्तो नगर्ने उनको भनाई थियो । नेपाली कांग्रेसका भातृ संगठन, सुभेच्छुक संस्था र क्रियाशिल सदस्य एवम अन्य सर्वसाधारण कार्यक्रममा सहभागी हुने उनले बताए ।

    कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँण,भरत शाह लगायतका नेताहरु सहभागि हुनेछन् ।

    नेपाली कांग्रेस जिल्लाक कार्य समिति रुपन्देहीको आयोजनामा सोमबार बिहान ११ बजेदेखी भैरहवाको बुद्धचोकबाट र्यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुँदै हनुमान मन्दिरमा पुगेर बिरोधसभाको आयोजना हुने जिल्ला सचिब रामकृष्ण खाँणले नागरिक अनलाइनलाइ बताए । 

    ओली सरकारको प्रतिगामी कदमको बिरोधमा र संविधानको रक्षाको लागी सबै लोकतान्त्रिक शक्तिहरुलाई कांग्रेसको बिरोध सभाप्रति ऐक्यवद्धता जनाउन भोलीको कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस रुपन्देहीले आव्हान समेत गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology