बुटवल,माघ २९-
नेपाली कांग्रेसले फागुन ३ गते भैरहवामा बिरोधसभा गर्ने भएको छ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध कांग्रेसले देशभर फरकफरक ढंगले विरोध प्रदर्शन गरिरहेको छ ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ ।यता बुटवलमा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेको अध्यक्षतामा बैठक बसी ३ गतेको कार्यक्रम भब्य बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा भएको बैठकमा क्षेत्रिय सभापति हरि लम्साल,नगर सचिव ज्योति भण्डारी लगायतले बोल्नुभएको थियो ।
फागुन ३ गते भैरहवामा हुने बिरोधसभामा बुटवलबाट उल्लासमय सहभागिता जनाउने निर्णय गरिएको सचिव भण्डारीले नागरिक अनलाइनलाइ बताउनुभयो ।
कार्यक्रममा सहभागि हुन सबैलाइ अपील गरिएको छ ।
सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा तथा शिर्ष नेताहरुको सहभागिता रहनेछ ।कांग्रेसले फागुन ३ गते देशभरका ७७ जिल्ला कार्यसमितिहरुकोे नेतृत्वमा एकैसाथसशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ ।
यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)