बुटवल ,साउन १६ ।
धार्मिक संस्था रूद्रगणको आयोजनामा तिलोत्तमा–४ स्थित श्रृङ्गेश्वरधाममा भव्य भजन कीर्तन कार्यक्रम हुने भएको छ ।भजन श्रृङ्गेश्वरधाममा साँझ ६:०० बजेदेखि ७:३० बजेसम्म चल्ने रूद्रगणका संयोजक कमल सापकोटा लम्बु सरकारले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
भजन कीर्तन हिन्दू धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण अङ्ग मानिन्छ । विशेषगरी साउन महिनामा शिवलिङ्गको पूजा र भजन कीर्तनको परम्परा नेपाली समाजमा गहिरो रूपमा जरा गाडिएको छ । यसले धार्मिक आस्था मात्र नभई सामाजिक एकता, सांस्कृतिक निरन्तरता र सामूहिक भावनालाई पनि मजबुत बनाउन धार्मिक विश्वास रहेको छ ।
भक्तजनहरूलाई समयमै उपस्थित भई भजन कीर्तनमा सहभागी हुन आग्रह गरिएको छ ।
यहाँका युवापुस्ताको ब्यापक सहभागितामा हरेक शनिबार डेढघण्टा भजन हुदै आएको छ ।भजनमा हजारौं श्रद्धालुको घुंईचो लाग्ने गर्दछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)