Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी इन्जिनियरिङ कलेजमा ३६ घण्टे ह्याकाथन : काठमाडौंको फाईनल ईपोच प्रथम

लुम्बिनी इन्जिनियरिङ कलेजमा ३६ घण्टे ह्याकाथन : काठमाडौंको फाईनल ईपोच प्रथम

  • 1.2K
    SHARES

  • लुम्बिनी इन्जिनियरिङ कलेजमा ३६ घण्टे ह्याकाथन : काठमाडौंको फाईनल ईपोच प्रथम

    बुटवल ,असार २० ।

    लुम्बिनी इन्जिनियरिङ कलेज (एलईसी) को रोबोटिक्स क्लबको आयोजनामा ३६ घण्टे (लेकाथन २.०) ह्याकाथन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

    तिलोत्तमा नगरपालिका–११ भलवारीस्थित कलेज परिसरमा आयोजित उक्त प्रतियोगितामा देशका विभिन्न जिल्लाका कलेजबाट ५३ समुहबाट छनोट हुंदै फाइनलमा १० टिम पुगेका थिए ।

    प्रतियोगितामा काठमाडौंको फाईनल ईपोच टिमले प्रथम स्थान हासिल गर्दै नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । IMG_5512.jpegत्यस्तै रूपन्देहीको एलसिसी समूह फस्ट रनरअप बन्दै ३० हजार रुपैयाँसहित प्रमाणपत्र पाएको छ भने पोखराको टिम पावर पिएफ सेकेन्ड रनरअप हुँदै २० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भएको छ ।IMG_5506.jpeg
    पुरस्कार वितरण कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, कलेजका अध्यक्ष रामचन्द्र ढकाल, प्राचार्य इन्जिनियर एलएन पाण्डे, प्रा. डा. केएन पाण्डे, निर्णायक मण्डलका सदस्यहरू प्रदीप भट्टराई, प्रवेश गैरे, कमल सापकोटा लगायतले विजयी टिमहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता रोबोटिक्स क्लब अफ एलईसीका अध्यक्ष बबी सुनारले गर्नुभएको थियो ।

    समापन एवं पुरस्कार बितरण समारोहमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले यो ह्याकाथनले इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, नवप्रवर्तन र उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको धारणा राखनुभयो।

    प्रतियोगितामा चितवन, नवलपरासी, पोखरा, काठमाडौं, भक्तपुर र रूपन्देहीका ५३ टिमहरूले उत्साहपूर्वक भाग लिएका थिए । सहभागी टिमहरूले नवीनतम आविष्कार, प्राविधिक प्रोजेक्ट र बिजनेस मोडल डिजाइन प्रस्तुत गरेका थिए ।

    दुई दिनसम्म निरन्तर चलेको यो ह्याकाथनले विद्यार्थीहरूको सिर्जनशीलता, समस्या समाधान क्षमता र टिम वर्कलाई प्रोत्साहन दिएको प्रा डा केएन पाण्डेको भनाइ छ ।

    लेजका प्राचार्य इन्जिनियर एलएन पाण्डेले यस्ता प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्ने बताउनुभयो । उहाले बिद्यार्थीको सिर्जनशीलता ,आईटिमा दक्षता बढाउन,क्षमता बढाउन यस प्रकारको कार्यक्रमले मदत मिल्ने उहाको भनाइ छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology