Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

  • 2.0K
    SHARES

  • नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,माघ ३०-  

    नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय २७ जना संक्रमित थपिएका हुन् ।

    जसमध्ये ८० जना पुरुष र ४७ जना महिला रहेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ ।

    मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा प्राप्त भएको मृत्यु संख्या २ जना रहेको छ भने पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

    नेपालमा अहिलेसम्म २ हजार ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology