बुटवल,माघ २९-
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहले बुटवलमा शक्ति प्रदर्शन गरेको छ। साे समुहले मोटरसाइकल र्याली निकालेको हाे।
फागुन १ गते हुने सभाको प्रचारको लागि नेकपा ओली समुहका युवा विद्यार्थीहरुले मोटरसाइकल र्याली निकालेका हुन्। र्यालीको मुख्यमन्त्री तथा नेकपा ओली समुहका प्रदेश इन्चार्ज शंकर पोखरेलले उद्घाटन गरेका थिए। राजमार्ग चौराहबाट सुरु भएको र्याली ट्राफिकचोक, गोलपार्क, हाटबजार, अमरपथ हुँदै पुष्पलाल पार्कमा पुगेर समापन भयो।
फागुन १ गते बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
मोटरसाइकल र्यालीको आयोजना गर्दा बुटवलका सडकको ट्राफिक ब्यवस्थापन बिहिबार दिनभर अस्तब्यस्त बनेको छ । शक्ति प्रर्दशनले गर्दा वुटवलका सडकमा ट्राफिक जाम बढ्दै गएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)