बुटवल,माघ २९-
नेपाल कम्युनिस्ट पार्टी नेकपा लुम्बिनी प्रदेशका इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गते हुने जनसभामा २ लाख जनताको सहभागिता रहने दाबी गरेका छन् ।
रूपन्देही जिल्लावाट १ लाख र अन्य जिल्लावाट १ लाख गरि २ लाख जनता सभामा जुटाउने तयारी गरिएको उनले बताए ।
फागुन १ गते वुटवलमा आयोजना हुने जनसभाको जानकारी दिनको लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा लुम्बिनी प्रदेशले वुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फागुन १ गते अस्पताल लाइनवाटर्याली सुरू हुने र चौराहा हुदै शिद्वेश्वरी माविमा सभाको आयोजनालाई प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्ने बताए ।
जनसभामा पुर्व जनमुक्ति सेनाको पनि सहभागिता रहने र नयाँ सन्देश सभाबाट दिईने पोखरेलले वताए । नेकपा भित्रको विवादको परिणाम प्रतिनिधि सभा विघटन भएको दाबि गरे।
जनादेशको पक्षमा प्रचण्ड नेपाल पक्ष नलाग्दा बाध्य भएर प्रधामन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको र जनताको माझमा ताजा जनादेशको लागि चुनवामा गएको पोखरेलले बताए ।
जनतामा जाने अधिकार राज्यमा पनि भएको उनले बताउँदै सरकारलाई घेरा बन्दी गरिएको र त्यसको लागि जनताको प्रधानमन्त्रीको पक्षमा छ भन्दै शक्ति देखाउँनको लागि जनताको माझमा गएको बताए।
आफुहरुको शक्ति प्रर्दशन आन्दोलन नभएर अभियान भएको मुख्यमन्त्रीको भनाई छ । फागुन १ गतेको कार्यक्रमलाई लक्षित गर्दै ओली पक्षले आज बुटवलमा मोटरसाईकल र्यालीको समेत आयोजना गरेको थियाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)