Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओली पक्षले सापकोटालाई राष्ट्रिय युवा संघको संयोजकबाट हटायो

ओली पक्षले सापकोटालाई राष्ट्रिय युवा संघको संयोजकबाट हटायो

  • 3.3K
    SHARES

  • ओली पक्षले सापकोटालाई राष्ट्रिय युवा संघको संयोजकबाट हटायो

    बुटवल,माघ २५- 

    प्रधानमन्त्री केपी शर्मा ओली पक्षको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई हटाएको छ। आइतबार बसेको ओली पक्षको युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएको हो। 

    ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएर अर्को नेतालाई जिम्मेवारी दिइने नेता प्रभातविक्रम कटुवालले बताए।

    कम्युनिस्ट आन्दोलन विपरीत -‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराविरुद्ध लगाएको भन्दै सापकोटालाई हटाएको कटुवालले बताए। युवा संघका इन्चार्ज महेश बस्नेतको उपस्थितमा अहिले बैठक जारी छ।

    संयोजक दीपशिखालाई हटाएर युवा संघ सहसंयोजक रमेश पौडेललाई नेतृत्व दिने तयारी गरिएको छ। यसअघि विद्यार्थी संगठन अनेरास्ववियूमा एकले अर्कोलाई कारबाही गरेर जिम्मेवारी तोकिसकेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology