Logo मंगलवार, श्रावण १२ गते २०८३
images

परोपकार कुञ्ज धाम बुटवल १५ मा आजदेखि धनधान्याञ्चल ज्ञानमहायज्ञ शुरू

परोपकार कुञ्ज धाम बुटवल १५ मा आजदेखि धनधान्याञ्चल ज्ञानमहायज्ञ शुरू

  • 978
    SHARES

  • परोपकार कुञ्ज धाम  बुटवल १५ मा आजदेखि धनधान्याञ्चल ज्ञानमहायज्ञ शुरू

    बुटवल,फागुन ७ ।

    परोपकार कुञ्ज धामको थप बिकासका लागि बुटवल उपमहानगरपालिका वडा नं. १५ मा धनधान्याञ्चल ज्ञानमहायज्ञ सुरु भएको छ । गतसाल पनि महायज्ञ भएको धाममा यसपटक दोस्रो संस्करणको महायज्ञ शुरु भएको हो । महायज्ञले धर्मको रक्षा साथै सामाजिक सेवाको भावनालाई सुदृढ बनाउने लक्ष्य समेत राखिएको छ ।

    राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको तत्वावधानमा आयोजना गरिएको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो । धामका परिकल्पनाकार तथा कथावाचक भागवत भाष्कर  कमलनयन गौतमका अनुसार करिब २० करोडको गुरुयोजना अनुसार परोपकार कुञ्ज धामको संरचना विस्तार गर्नुका साथै समाजमा धार्मिक चेतना फैलाउने,सामाजिक सेवा, ध्यान तथा आध्यात्मिक साधनाको केन्द्रका रूपमा विकास गर्ने योजना समेत अगाडि बढाइएको छ ।

    महायज्ञको उद्घाटन गर्दै बुटवल नगर प्रमुख खेलराज पाण्डेयले धार्मिक तथा परोपकारी अभियानले समाजमा सकारात्मक सोच र सहकार्यको भावना बलियो बनाउने बताउनुभयो । उहाले परोपकार कुञ्ज धामजस्ता संरचनाले भविष्यमा सामाजिक सेवाका धेरै क्षेत्रमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।पाण्डेयले भन्नुभयो– ‘धर्म केवल पूजा पाठमा सीमित होइन, यसले मानव सेवाको मार्ग पनि देखाउँछ, परोपकार कुञ्ज धाम निर्माण भएपछि यहाँ शिक्षा, स्वास्थ्य सचेतना, ध्यान तथा सामाजिक सहयोगका कार्यक्रम निरन्तर सञ्चालन गर्न सकिनेछ ।’

    कार्यक्रममा नगर प्रवक्ता शिव रानाले धर्म र सामाजिक सेवा एक अर्काका पूरक भएको उल्लेख गर्नुभयो ।उहाले धार्मिक आयोजनाबाट उठेको सहयोगलाई पारदर्शी रूपमा प्रयोग गरी समाजका विपन्न वर्गलाई लाभ पुग्ने खालका काममा लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

    कथावाचक भागवत भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट संगीतमय कथा वाचन शुरु भएको छ ।उहाका प्रवचनले भक्तजनलाई आध्यात्मिक रूपमा प्रेरित गर्नुका साथै जीवनमा सत्य, करुणा र सेवाको महत्व बुझाउने उद्देश्य राखेको छ । महायज्ञमा दैनिक कथा वाचन,कथाश्रवण, भजन कीर्तन तथा विशेष पूजा कार्यक्रम सञ्चालन भैरहेको यज्ञका सारथी हरिध्वज मल्लले बताउनुभयो ।IMG_5836.jpegIMG_5908.jpegIMG_5901.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology