Logo बिहिवार, आश्विन १ गते २०८३
images

महाशिवरात्रीमा सिद्धबाबा दर्शनका लागि बिहान ४ बजेदेखि खुला गरिने,६० हजार श्रद्धालु आउने

महाशिवरात्रीमा सिद्धबाबा दर्शनका लागि बिहान ४ बजेदेखि खुला गरिने,६० हजार श्रद्धालु आउने

  • 570
    SHARES

  • महाशिवरात्रीमा सिद्धबाबा दर्शनका लागि बिहान ४ बजेदेखि खुला गरिने,६० हजार श्रद्धालु आउने

    बुटवल,फागुन २ ।

    महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-, दोभानस्थित सिद्धबाबा मन्दिरमा लाग्नेमहाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको मन्दिर परिसरलाई आकर्षक रूपमा सजाइएको भनेभक्तजनलाई सहज सुरक्षित रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको

    सिद्धबाबा मन्दिर विकास समितिले शनिबार पत्रकार सम्मेलन गर्दै यस वर्ष दर्शन व्यवस्थापनलाई थप व्यवस्थितबनाइएको जानकारी दिएको हो समितिका अध्यक्ष सन्तोषकुमार शेरचनका अनुसार भक्तजनको सहजताकालागि गत वर्षझैँ यस वर्ष पनि टोकन प्रणाली लागू गरिएको भने निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याइएको IMG_5504.jpeg

    विशेषगरी वृद्धवृद्धा, गर्भवती, अशक्त तथा असहाय व्यक्तिलाई प्राथमिकताका साथ मूल मन्दिरमै पुगेरपूजाअर्चना तथा दर्शन गर्ने व्यवस्था मिलाइएको दैनिक पूजापाठ सम्पन्न भएपछि बिहान बजेदेखिसर्वसाधारणका लागि दर्शन खुला गरिने समितिले जनाएको

    भक्तजनको सुरक्षा व्यवस्थापनका लागि करिब ५० जना सुरक्षाकर्मी, २०० स्वयंसेवक तथा १८ वटा सिसीक्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको साथै सरसफाइ, शौचालय, खानेपानी, पार्किङ, भण्डारा तथाजुत्ताचप्पल राख्ने स्थानको पनि उचित प्रबन्ध मिलाइएको

    समितिका अनुसार गत वर्ष महाशिवरात्रीमा करिब ४० हजार भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष ६०हजारभन्दा बढी भक्तजन आउने अनुमान गरिएको यस वर्ष दर्शनार्थीको संख्या उल्लेखनीय रूपमा बढ्नेअपेक्षा गरेका छौँ,” अध्यक्ष शेरचनले बताए

    प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेका अनुसार यस वर्ष भक्तजनलाई सिद्धबाबा सुरुङमार्ग भित्र लाइनव्यवस्थापन गरिनेछ, जसले गर्दा राजमार्गमा सवारी आवागमन प्रभावित नहुने विश्वास गरिएको

    विगतमा साढेतीन घण्टासम्म लाइन बस्नुपर्ने अवस्था रहे पनि यस वर्ष साढे दुई घण्टाभित्रै दर्शन गराउने लक्ष्य राखिएको ।मेला संयोजक तोया लम्सालका अनुसार दर्शनार्थीको सुविधाका लागि दुई वटा निःशुल्क नौ वटा सशुल्क बससेवा सञ्चालन गरिएको यी बसहरू बुटवलका विभिन्न स्थानहरू-योगीकुटी, कालिकानगर, राजमार्ग चौराहा, अस्पताल लाइन, देवीनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा दोभान-झुम्साबाट सञ्चालनहुनेछन्

    महाशिवरात्रीका अवसरमा शिवपूजन, रुद्राभिषेक, अखण्ड हरिकीर्तन लगायतका धार्मिक कार्यक्रमसमेतआयोजना गरिने समितिले जनाएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण २ २०८२११:१२:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology