Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल लेडी जेसिजको २५ औं पदस्थापन तथा सम्मान,उत्कृष्ट महिला बनिन् गुरुङ

बुटवल लेडी जेसिजको २५ औं पदस्थापन तथा सम्मान,उत्कृष्ट महिला बनिन् गुरुङ

  • 2.6K
    SHARES

  • बुटवल लेडी जेसिजको २५ औं पदस्थापन तथा सम्मान,उत्कृष्ट महिला बनिन् गुरुङ

    बुटवल,माघ २४-

    बुटवल लेडी जेसिजले २५ औं पदस्थापन तथा सम्मान कार्यक्रम शनिबार बुटवलमा गरेको छ । वर्ष सन् २०२० का अध्यक्ष कल्पना कुशुम पाण्डेले वर्ष सन् २०२१ का अध्यक्ष शर्मिला रानालाई वर्ष २१ का लागि पदस्थापन गराउनु भएको हो ।

    महिला अधिकारकर्मी ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै रानाले महिलाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासका लागि लेडी जेसिजले अहम भुमिका खेलेको उल्लेख गर्दै महिला अधिकार र सशक्तिकरणको क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउनुभयो ।

    जेसिजका पुर्व अध्यक्ष लक्ष्मी थापाको संचालनमा भएको कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल, जेसिजका महासचिव अनुपमा श्रेष्ठ, हिराबहादुर भलामी लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

    सो अवसरमा उत्कृष्ट महिला पुरस्कारबाट दुर्गा गुरुङ्गलाई सम्मान गरिएको थियो भने वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने पत्रकार, संचारकर्मी तथा ब्यक्रिहरुलाई कदरपत्रले सम्मान समेत गरिएको थियो । यस अघि भएको लेडी जेसिजको निर्वाचनले शर्मिला रानाको अध्यक्षतामा वर्ष २०२१ का लागि नयाँ समिति चुनि सकेको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology