बुटवल,माघ २२ ।
बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँमा रहेको धार्मिक पर्यटकीय स्थल स्वामिनारायण मुक्तिनाथधाममा आजबाट मुक्तिनाथ महायज्ञ शुरु भएको छ ।
आज बिहान ११ बजेदेखि शोभा कलश यात्रासहित नगर परिक्रमा गरेपछि संकटमोचन हनुमन्त महायज्ञको उद्घाटनगरिएको हो ।महायज्ञको जानकी मन्दिर जनकपुरका प्रमुख रामरोशन दाश महाराजले शुभारम्भ गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले महायज्ञहरूले धर्म संस्कृति र परम्पराको रक्षा र जन र जगतको कल्याण गर्ने धारणाराख्नुभयो ।महायज्ञमा पण्डित नेत्रप्रसाद पराजुली,बालव्यास अनुराधा पाण्डे लगायतले संगीतमय कथा प्रवचनगर्नुहुनेछ ।
महायज्ञमा दीपप्रज्वलन , भजन कृतन तथा विभिन्न गोष्ठीहरु समेत आयोजना हुने मुक्तिनाथ धामका संरक्षकस्वामी लोकानन्दले बताउनुभयो ।
यसैगरी आजबाट दैनिक सन्ध्यामा महाआरती समेत हुने धामका अध्यक्ष बाबुराम महतले जानकारी दिनुभयो ।
फागुन ६ गतेसम्म संचालन हुने महायज्ञमा हनुमन्त महायज्ञ अरू यज्ञहरु भन्दा फरक रहेको सम्पादन मूलसमितिका संयोजक धर्मराज शर्मा आचार्यले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)