Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति नमूनाको स्कुल बस र ट्याक्टर ठोक्किदा २१ जना विद्यार्थी घाईते

शान्ति नमूनाको स्कुल बस र ट्याक्टर ठोक्किदा २१ जना विद्यार्थी घाईते

  • 774
    SHARES

  • शान्ति नमूनाको स्कुल बस र ट्याक्टर ठोक्किदा २१ जना विद्यार्थी घाईते

    बुटवल,माघ २० ।
    रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।

    धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन् ।

    मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पताल, भैरहवामा उपचार भइरहेको छ । बाँकी ४ जना सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् ।

    नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए ।

    बिहानपख बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी सापकोटाले बताए ।

    घटनामा संलग्न बस र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, माघ २० २०८२०९:१२:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology